.

गाउँघरमा चहलपहल बढ्दो, सहर बजार सुनसान बन्दै

विराटनगर , ५ कात्तिक । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।


गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो ।


फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । हिजो फूलपातीको दिन एक लाख जनाभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३० हजारभन्दा धेरै यात्रु बाहिरएका तथ्याङ्क छ  ।


घटस्थापनादेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान गरिएको छ । गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै सहर, बजारमा चाप घट्न थालेको छ । मानिस र गाडीको सङ्ख्या घट्न थालेको छ । धेरैजसो पसल तथा सटरहरु बन्द छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया