.

रास्वपाको पदाधिकारी चयनका लागि मतदान सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमार्फत विभिन्न पदका पदाधिकारी चयन गरिनेछ।

सभापति पदमा भने यसअघि नै रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै, उपसभापति (पुरुष) पदमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्।

उपसभापति (महिला) पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। महामन्त्री पदमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्। ।

सहमहामन्त्री (पुरुष) पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन्। असिम शाह हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका राजनीतिक सल्लाहकार हुन्।। 

सहमहामन्त्री (महिला) पदमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी, रिमा विश्वकर्मालगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ।

मतदान प्रक्रिया सुरु भइसके पनि नेताहरूबीच सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको भन्दै आन्तरिक छलफललाई तीव्रता दिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया