.

सिरहाको राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

विराटनगर , ३ कात्तिक ।मधेस प्रदेश सभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चावती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ।


मधेस प्रदेश सभा सचिवालयद्वारा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले  उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्वता जनाएका हुन्।  


जिल्लामा व्याप्त बेरोजगारी, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफूहरुले भोग्नु परेका असहजता, कृषि, सिँचाइलगायत विषयमा सहभागीले गुनासो राखेका थिए।  


नागरिकका गुनासोहरुको सम्बोधन गर्दै प्रदेश सांसद् तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामसरोज प्रसाद यादवले आफूले विकास समितिमा तथा प्रदेशसभामा नागरिकका गुनासोहरु उठाउने तथा सम्बोधन गर्न सक्दो प्रयास गर्ने प्रतिबद्वता व्यक्त गरे। उनले पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी मन्दिरलगायत पर्यटकीय क्षेत्र सलहेस, कमलदह, बाबाताल, हात्तीदहलाई विधेयकमा समेटिने जानकारी दिए।


कार्यक्रममा विकास समितिका सांसदहरु रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी र शम्भुकुमार साहको उपस्थिति थियो। उनीहरुले सिँचाई, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, विद्युतीकरण, चुरे संरक्षणलगायत विषयमा तीन तहको सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया