.

उदयपुरबाट ३८ किलोग्राम गाँजासहित दुई जना पक्राउ

विराटनगर , ३ कात्तिक ।उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेका छन्।


आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १९र१९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।


पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया