विराटनगर , २ कात्तिक । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।
बैठकले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्ट्याण्डिङ बिटुइन द गभर्मेन्ट अफ नेपाल एण्ड द गभर्मेन्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोअपरेसन इन युथ एण्ड स्पोट्रस अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेदकुद मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी मन्त्री शर्माले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एण्ड कन्फरमेसन विषयक संलग्न समझदारी पत्र स्वीकृत गर्दै मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय भएको बताइन्।
प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?