.

विराटनगरस्थित बरगाछीको शालिकमा ट्रक ठोक्किँदा एक जना गम्भीर घाइते

विराटनगर,१९ असोज।  । विराटनगरको बरगाछी चोकमा रहेको कृष्ण प्रसाद कोइरालाको शालिकलाई ट्रकको ठक्करले भत्किएको छ । त्यसक्रममा ना ३ ख ४५७९ नम्बरको मालबहाक ट्रक पल्टिएको छ ।

इटहरीबाट आएको ट्रकका चालक गम्भीर घाइते भएर लाइफ गार्ड अस्पतालमा उपचाररत छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । आज राती पौने ९ बजेतिर उक्त दुर्घटना भएको हो ।

घाइते चालकको पहिचान खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया