.

बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हिजो अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर हिजो मंगलबारदेखि आज बुधबार बिहानसम्म ४ रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको जानकारी दिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

यसैगरी हिजो १२ः१६ बजे दामेना केन्द्रविन्दु भएर ४.१, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ र बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३तीन रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका भूगर्भविद् डा.लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउनुहुन्छ । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उहाँले भन्नुभयो ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उहाँले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया