.

कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ ।विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।"भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ", उनले जानकारी दिँदै भने," कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया