.

माइतीघरमा जेनजीको धर्ना, बबरमहल क्षेत्रमा एमाले समर्थित युवाको प्रदर्शन

काठमाण्डौको माइतीघरमा आज जेनजी प्रदर्शनमा घाइते भएकाहरूले धर्ना दिएका छन् ।

गएको भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरूले आज माइतीघर पुगेर धर्ना दिएका हुन् । त्यस्तै नेकपा एमाले समर्थित युवाहरूले पनि बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन् । एमालेको नेशनल भोलेन्टियर फोर्सले प्रदर्शन गरेको हो ।

काठमाण्डौको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्याली शुरू गरी बबरमहल–बानेश्वर क्षेत्रमा उनीहरूले मार्च पाससहित प्रदर्शन गरेका हुन् ।

आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ । छुट्टाछुट्टै धर्ना र प्रदर्शनलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् । आज काठमाण्डौको ट्राफिक व्यवस्था पनि प्रभावित भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया