.

दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न  ४ दिनको म्याद थप भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया