राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।
प्रसाईँलाई आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि गए राति भक्तपुरको ठिमीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले निवासबाटै पक्राउ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।
उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो