.

मुख्यमन्त्री नियुक्ति विवादः ७ दलद्वारा मुख्यमन्त्री कार्यालयमा तोडफोड र तालाबन्दी

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक तनाव चुलिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका सात राजनीतिक दलका नेता र कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।


प्रदेश प्रमुख भण्डारीले सोमबार एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरूले चर्को नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव कार्यालय आउने जानकारी पाएपछि उनलाई अवरोध पुर्याउन ती नेता र कार्यकर्ताहरू मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएका छन् ।

यसैबीच, न्दोलनकारी दलका कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयबाहेक प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा समेत तालाबन्दी गरेका छन् । उनीहरूले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गर्ने क्रम जारी राखेका छन् ।


असन्तुष्ट दलहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रियालाई असंवैधानिक भन्दै यसको कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने रणनीति तय गर्न यसअघि नै छलफलमा जुटेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया