काँकडभिट्टा नाकाबाट गत वर्षको भन्दा यसवर्ष चिया निर्यात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको मात्रै चिया निर्यात भएको छ ।
प्रथम चौमासिकमा पूर्वी नाकाबाट ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए ।
गत आर्थिक वर्षको यो अवधिमा २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो ।
चालु आर्थिक वर्षमा चिया ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।