.

समस्याग्रस्त कमला नदी पुल निरीक्षणमा पुगे भौतिक मन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारी साधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएको जस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि अनुगमन गरेका हुन् ।

पुल निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले पुल जसरी पनि बनाइने र विगतमा निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरि दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया