.

सुनसरीको इटहरी स्थीत ‘नसिव फार्मेसी’मा लागुऔषधको कारोबार , फार्मेसी सञ्चालक पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित ‘नसिव फार्मेसी’बाट लागुऔषधको कारोबार भइरहेको पत्ता लागेको छ ।

लागुऔषध कारोबार गर्ने फार्मेसीमा प्रहरीले आइतबार राति छापा हानेको छ । लागुऔषध बेचबिखन गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेर फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी–१२ को नसिव फार्मेसी’मा छापा हानेर फार्मेसी सञ्चालक ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको हो । नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागुऔषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमाडोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया