.

भोजपुर श्यामशिलाका धेरैजसो किसान किवीखेतीमा



विराटनगर ।  भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् ।  


गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । 


गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि त्यहाँका ३० घर बढी किसानले व्यावसायिक रूपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । 


एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया