सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय
रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक
लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ पनि तोलामा १५
रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ कायम
भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६०
रुपैयाँ रहेको थियो ।