.

ताप्लेजुङको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी

विराटनगर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । काबेली खोलामा निर्माण भएको आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । 


आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गएको आइतवारदेखि शुरू भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आज बेलुकासम्म आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । 


उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरको अमरपुर सब–स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा–८ याम्फुदिनको राते खोलामा विद्युतगृहबाट अमरपुर सब–स्टेसनसम्मको ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ ।

 

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । २०७९ मङ्सिर अन्तिम हप्ताबाट शुरू भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको छ । दुई अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजनाले क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा छ ।

 

यसै क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
gRFNZCMDS

wNJjWPqRAV