.

सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढ्यो

विराटनगर ।  सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया