टर्कीका आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्टसीले देशको दक्षिणी शहर कहरामनमारसमा भएको विद्यालय गोलीकाण्डमा करिब नौ जनाको मृत्यु भएको बताउनुभएको छ ।
मन्त्रीसिफ्टसीले बुधबार मृत्यु हुने मध्ये ८ जना विद्यार्थी र एक जना शिक्षक रहेको बताउनुभएको हो । अन्य १३ जना घाइते भएको र जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताउनुभएको हो । यसैबीच, टर्कीका शिक्षा मन्त्री युसुफ टेकनले कहरामनमारसमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको जानकारी दिएको बताउनुभयो ।
स्थानीय प्रसारक एनटीभीले सोही घटना स्थानीय समय अनुसार बुधबार दिउँसो साढे १ः बजे आयसर कालिक मध्य विद्यालयमा भएको जनाएको छ । जहाँ आक्रमणकारीले दुई वटा कक्षाकोठामा प्रवेश गरी आक्रमण गरेका थिए ।