.

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन्। कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको छ। अमृतकी दिदी पूजा झाले पनि भाइ रिहा भएको जानकारी पाएको बताएकी छन्।

तेल लिन जाने क्रममा उदयपुर गाईघाटका ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुद्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो।

इसेबिच 

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार भएको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले उनीहरूको उद्धार गरेको हो । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार  र थाइल्यान्ड नजान अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया