.

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका उजुरीकर्तासँग छलफल जारी, आजै सुनुवाइ हुने

विराटनगर , ४ साउन ।  प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका उजुरीकर्तासँग छलफल सुरू भएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवन नम्बर १ को कोठा नम्बर ४११ मा समितिको बैठकमा उजुरीकर्तासँग छलफल जारी छ।


अहिले  प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्ता र समितिका सदस्यहरूबीच छलफल भइरहेको हो।  श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन्। जसमध्ये दुईवटा इमेलबाट र एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका हुन्।


उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ सुरू हुनेछ।


आइतबार बिहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूबीच श्रेष्ठविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको थियो। श्रेष्ठविरुद्ध तीवटा उजुरी परेको समिति सदस्य जीवन परियारले अन्नपूर्णलाई जानकारी दिए।


यसअघि  साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। 


संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया