.

कोशी प्रदेशकै ‘नमुना’ बनाउने भनिएको त्रियुगा बसपार्क अलपत्र

उदयपुरको त्रियुगा बसपार्क निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क बनाउने गरी २०७६ सालमा सुरु भएको १३ करोड रुपैयाँ लागतको आयोजना अधुरो छाडेर ठेकेदार कम्पनी ‘बेपत्ता’ भएको छ ।

त्रियुगा नगरपालिका–१२ गाईघाटस्थित त्रियुगा नदीको उत्तरी किनारमा अत्याधुनिक बसपार्क बनाउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै २०७८ पुसभित्र काम सक्ने गरी रमण आईएस एमडी जेभीले ठेक्का पाएको थियो ।

ठेकेदार कम्पनी रमण आईएस एसबी बिल्डर्स जनकपुरले काम नगरेपछि दैनिक रूपमा ठेक्का रकमको ०.५ प्रतिशतका दरले जरिवाना भइरहेको आयोजना प्रमुख सुरेन्द्रकुमार साहले बताए । कम्पनीलाई अहिलेसम्म ६ पटकसम्म म्याद थप गरिसकिएको छ, तर काम पूरा भएको छैन । बसपार्क नबन्दा गाईघाट बजारमा अहिले पनि सडक छेउ र त्रियुगा नदीको बगरमा बस पार्किङ गर्नुपर्ने बाध्यता छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया