गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक, झापाबाट जेनजी आन्दोलनको क्रममा लुटिएका २ थान हतियार र गोलीगठ्ठा फेला परेका छन् । झापाको दमक नगरपालिका–६ बाट प्रहरीले मङ्सिर २ गते दिउँसो करिब १ :३० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका–३ बस्ने सुशील फियाक लिम्बूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले कानुन बमोजिम बरामद भएका सामग्रीहरूमा सिरियल नम्बर ६२०३८ भएको म्याग्जिनसहितको ३०३ मार्क ३ राईफल एक थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिन नभएको र बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको ईन्सास राइफल १ थान छन्। यसका साथै ईन्सासको जङ्गी राउण्ड एक थान र एसएलआरको जङ्गी राउण्ड तीन थान पनि फेला परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका लिम्बूमाथि अब हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया इलाका प्रहरी कार्यालय दमकबाट अगाडि बढाइनेछ ।