.

योजना अधिकृत कुट्ने वडाध्यक्षविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेन

सुनसरीसँग सीमाना जोडिएको धनकुटाको सागुरीगढी गाउँपालिकाका योजना अधिकृत दोर्ण राईमाथि उनको कार्यकछमै  कुटपिट भएको, छ ।

अधिकृत राईको ,अनुहारमा गम्भीर चोट लागेको र उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । कुटपिट सोहि वडा नम्बर–१ का वडाध्यक्ष गोविन्द लिम्बुविरुद्धको जाहेरी दर्ता गर्न धनकुटा प्रहरीले अस्वीकार गरेकाले  

दण्डहीनताको प्रश्रय दिएको आरोप लागिरहेको छ।

धनकुटा जिल्लाको पेसागत महासंघ, कर्मचारी युनियनलगायत सबै कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा अपराधीलाई जोगाउने गतिविधि अस्वीकार्य भएको उल्लेख गर्दै वडाध्यक्ष लिम्बुविरुद्ध तत्काल कानुनी कारबाहीको माग गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी ईश्वर कार्कीले पनि घटनालाई संवेदनशील रूपमा लिँदै धनकुटाका एसपीलाई कानुनी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिने बताएका छन्। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया