.

मोरङको बूढीगंगामा मानव कंकाल फेला, फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा

विराटनगर । मोरङको बूढीगंगामा बिहीबार बिहान १० बजेतिर मानव कंकाल फेला परेको छ । 


बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

उहाका अनुसार उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा कंकाल भेटिएको छ । 


धान काट्न गएकाहरुले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन । घटनाको जानकारी पाउनसाथ अनुसन्धानका लागि डीएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । 


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पनि घटनास्थलतर्फ जाँदै छ । अहिले कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा. ज्वाला कँडेल र प्रहरीको टोली घटनास्थलमा छ । टोलीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । 


तत्काल नाम, थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको प्रवक्ता जोशीले बताउनुभयो ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
LBQMOPmSEkOGI

CycjiJdTiJZA

LBQMOPmSEkOGI

CycjiJdTiJZA