.

जापान भ्रमण विवादमा परेपछि कोशी प्रदेशका मन्त्री लीलावल्लभ अधिकारीद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले राजीनामा दिनुभएको छ ।


मुख्यमन्त्रीलाई समेत जानकारी नदिई जापान गएपछि विवादमा तानिएका मन्त्री अधिकारीले आज राजीनामा दिनुभएको हो । मुख्यमन्त्री हिम्मत कार्कीले पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा दिन सुझाव दिएपछि उहाँले राजीनामा बुझाउनुभएको हो ।


मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी कसैलाई थाहै नदिई कार्यक्रममा भाग लिन यही कात्तिक १३ गते जापान जानुभएको थियो ।


भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
BnsBNOpjKt

npkbjZyIiUw

JwdbDpuYfxylbes

chuvgupP

JwdbDpuYfxylbes

chuvgupP

uOLBtPhL

mvNlTrilrl

uOLBtPhL

mvNlTrilrl