.

जनकपुरधाममा झिझिया महोत्सव हुने


विराटनगर । नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । बडादशैँको अवसर पारेर भोलि झिझिया महोत्सवको हुन लागेको नव मिथिला फाउण्डेसनले जनाएको हो ।


मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिनुभयो ।


उहाँकाअनुसार पाँच सय जनाले टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने तयारी छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चासमेत गरिनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया