.

काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो, सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह

विराटनगर । दशैँ शुरू भएसँगै काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो बढ्न थालेको छ । बाढी र पहिरोले अवरुद्ध भएका सडक खुल्न थालेसँगै गाडीको चाप पनि बढेको छ ।

काठमाण्डौको मुख्य नाका नागढुङ्गाबाट गाडीको आवतजावत सामान्य हुन थाले पनि काठमाण्डौ–हेटौँडा जोड्ने सडक र वीपी राजमार्ग भने अझै पूर्ण रुपमा खुलेको छैन । नागढुङ्गादेखि नारायणगढसम्म भने कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

पानी परेका कारण बिहान केहीबेर नागढुङ्गामा गाडी रोकिएको थियो । अहिले पनि पानी परिरहेको र यसअघि पहिरो खसेका सडकमा पनि जोखिम रहेकाले सावधानीपूर्वक गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया