विराटनगर । दशैँका मुख्य दिन सप्तमी अष्टमी, नवमी र दशमी कोशी र मधेश प्रदेशका केही ठाउँ तथा बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दशैँ विशेष मौसमी बुलेटिन निकालेर केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको छ ।