.

कुटपिटबाट झापाको बिर्तामोडमा एक युवकको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ। स्थानीय ३० वर्षीय जगन राजबंशीको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


अज्ञात व्यक्तिहरूसँग भएको झैझगडाको क्रममा राजबंशीमाथि कुटपिट हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई आफन्तहरूले तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याएका थिए। अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। 


इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। प्रारम्भिक अनुसन्धानबाट कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया