विराटनगर , २८ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली भई कोशी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तै आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।