नेपालमा हाल पहिचान गरिएका २ हजारभन्दा बढी स्थानीय ९रैथाने० धानका जातहरू केवल खाद्यान्न मात्र नभई विश्व बजारमा महँगो मूल्यमा बिक्री गर्न सकिने ‘विशेष उत्पादन’ बन्न सक्ने देखिएको छ। कृषि वैज्ञानिक राजेन्द्र उप्रेतीको अध्ययनले नेपाली रैथाने धानलाई सही रूपमा ब्रान्डिङ गर्न सके अन्तर्राष्ट्रिय बजारमा यसले ठूलो हिस्सा ओगट्ने सम्भावना देखाएको हो।
लामो समय कृषि मन्त्रालयमा धान विशेषज्ञका रूपमा सेवा गरी निवृत्त भएका उप्रेतीका अनुसार, नेपालका विभिन्न भूगोलमा उत्पादन हुने धान स्वाद, सुगन्ध, पाक्ने समय र रोग प्रतिरोधात्मक क्षमताका हिसाबले विश्वकै उत्कृष्ट मध्येमा पर्छन्। हाल नेपालका विभिन्न जिल्लामा मार्सी, जोरायली बासमती, काला नमक, कालो नुनिया, जेठो बुढो, अनदी, जर्नेली, चुल्ठे, चनाचुर, बिरिमफुल र भोटाङे जस्ता जातका धानहरू खेती भइरहेका छन् र यिनको बजार माग पनि उच्च छ।
कोशी प्रदेशको पहाडदेखि तराईसम्म रैथानेको लहर
वैज्ञानिक उप्रेतीको अध्ययनले विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा अझै पनि ठूलो परिमाणमा स्थानीय जातका धान खेती भइरहेको देखाएको छ। इलाममा रुदुवा र बासमतीदेखि पाँचथरमा रामबोक, तौली र बेलकुटीसम्मको खेती भइरहेको छ। यस्तै, ताप्लेजुङमा बाघे तौली र कालो भँगेरीको चर्चा छ भने धनकुटामा दुधराज, मेघदुत, मिथिला र पोख्रेली जस्ता दुई दर्जन जातहरू किसानले जोगाइराखेका छन्।
पहाडी जिल्लाहरू तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा पनि रैथाने धानको विविधता लोभलाग्दो छ। सोलुखुम्बु जस्तो हिमाली जिल्लामा समेत मार्सी, साब्राली, ताकमार र नेचाली मार्सी जस्ता धान खेती हुन्छन्। तराईका जिल्लाहरूमा भने बासमती, लल्का बासमती, कालो नुनिया, काला नमक र अनदी धानलाई व्यापारिक हिसाबले अगाडि बढाउन सकिने उप्रेतीको निष्कर्ष छ।
विश्व बजारमा किलोको हजारौँ मूल्य
अन्तर्राष्ट्रिय बजारको तुलना गर्दै उप्रेतीले नेपाली धानको सम्भावनालाई ‘सुनको खानी’ सँग तुलना गरेका छन्। उनका अनुसार, विश्व बजारमा हाल भुटानको ‘हियरलुम रेड राइस’ प्रतिकिलो २१।५ डलर ९करिब ३११७ नेपाली रुपैयाँ० सम्ममा बिक्री भइरहेको छ।
त्यसैगरी अर्गानिक जाडे पर्ल राइसको मूल्य १७।६ डलर ९करिब २२५२ रुपैयाँ० र अर्गानिक फरबिडन राइसको मूल्य १६।६ डलर ९करिब २४०७ रुपैयाँ० रहेको छ। “हामीसँग भएका बासमती, कालो नुनिया र मार्सी जस्ता धानलाई वैज्ञानिक विवरणसहित ब्रान्डिङ गर्न सके हामीले पनि किन यस्तै सम्भावनाको खोजी नगर्ने रु” वैज्ञानिक उप्रेती प्रश्न गर्छन्।
नेपाली चामललाई ‘अर्गानिक’ र ‘रेजेनेरेटिभ’ ट्याग दिएर अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सके किसानले अहिले पाइरहेको मूल्यभन्दा कयौँ गुणा बढी नाफा कमाउन सक्ने र यसले देशको निर्यात व्यापारमा ठूलो सहयोग पुग्ने देखिन्छ। उप्रेतीको यो अध्ययनले परम्परागत खेतीलाई आधुनिक बजारसँग जोड्न राज्यले ठोस नीति ल्याउनुपर्ने सङ्केत गरेको छ