.

प्राध्यापकलाई कालोमोसो दल्ने नेविसंघ मोरङ अध्यक्ष निलम्बित

विराटनगर , १५ साउन ।। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले संगठनका मोरङ अध्यक्षलाई निलम्बन गरेको छ ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

दाहालमाथि कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए । कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य(मान्यतावको विपरीत भएकोले उनीसहित केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

हालै बसेको नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले गुण्डागर्दी गर्ने र कालोमासो दल्ते काममा संलग्नलाई कार्वाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पोखरेलमाथि कार्वाही भएको हो । नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा.डा.दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया