विराटनगर, ९ साउन ।नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनका लागि छुटेको रा १८ ख २२३६ नम्बरको बस र नारायणगढ आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा ठोक्किएका हुन् ।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको पण्डितले बताए।