.

आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन माघ ९ र १० गते विराटनगरमा हुने

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन माघ ९ र १० गते विराटनगरमा हुने भएको छ ।

‘प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामांकन गर’ भन्ने मूल नारासहित महाधिवेशन हुन लागेको महासंघका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले जानकारी दिए ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको थियो । नेपालमा कुल जनसंख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको संख्या छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया