.

मोरङ र झापामा २ जना मृत फेला झापा र मोरङमा छुट्टाछुट्टै स्थानमा दुई

जना पुरुष मृत अवस्थामा फेला परेका छन्। झापाको बिर्तामोड नगरपालिका–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको छ। करिब ५५ वर्षका देखिने ती मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको छ।


त्यसैगरी मोरङको रतुवामई नगरपालिका–४ झुर्कियास्थित बाटोमा एक व्यक्ति मृत फेला परेका छन्। स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत भेटिएका हुन्। दुवै घटनाको सम्बन्धमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ। शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया