.

सरस्वती माविका पूर्व विद्यार्थीद्वारा वृद्ध आश्रमलाई सहयोग

विराटनगर । विराटनगरको सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले विराटेश्वर वृद्धाश्रममा सामाग्री हस्तान्तरण गरेका छन् ।


सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विराटनगर –८ मा रहेको  विराटेश्वर वृद्धाश्रममा आवश्यक सामाग्रीहरू विद्यालयको एसएलसी ब्याच २०५३ समूहले आज हस्तान्तरण गरेको हो । 


विद्यालयको एसएलसी ब्याच २०५३ समूहले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री प्रदान गरेको समूहका संयोजक सुमन अधिकारीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया