.

विराटनगर महानगरपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत


विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८२÷८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । 

आज  १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । 


महानगरको आगमी आर्थिक वर्षको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख,  ऋणको सावाँ ब्याज भुक्तानीका लागि ५ करोड, बिनियोजन गरेको छ 


त्यसैगरी पूर्वाधार विकासतर्फ महानगरले १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरेको छ ।


वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख, सामाजिक विकासतर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रमका लागि ९१ लाख बजेट विनियोजन गरिएको छ ।


सामाजिक विकासतर्फ १ अर्ब ८९ लाख ३० हजार बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रका लागि १ करोड ५ लाख, पशुपक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारीका लागि २४ लाख, उद्यमशीलता विकासका लागि ४७ लाख, उपभोक्ता हित संरक्षणका लागि १० लाख, पर्यटन प्रवद्र्धनका लागि २५ लाख गरी आर्थिक विकासतर्फ महानगरले २ करोड ९६ लाख २५ हजार विनियोजन गरेको छ ।


विपद व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३० लाख र सरसफाइ कार्यक्रमतर्फ १ करोड ६० लाख गरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख विनियोजन गरिएको छ । महानगरले सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।


अनुमानित खर्च व्योहार्ने स्रोतको रुपमा महानगरपालिकाले संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३ करोड ६२ लाख ३० हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड र सवारी साधन करतर्फ ३ करोड ८ लाख र घरजग्गा रजिष्ट्रेसन तर्फ ९४ करोड ६० लाख ३ हजार आम्दानी हुने अनुमान छ ।


आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड, संघीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र नगद मौज्दात १४ करोड गरी अनुमानित खर्चको स्रोत ब्यहोर्ने अनुमान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया