काठमाडौं । काठमाडौंको एक होटेलमा 'प्रहरी हुँ' भन्दै डकैती गरेको आरोपमा ८ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी गैँडाकोट–२ का २४ वर्षीय अनिष केसी, चितवन भरतपुर –१८ का २५ वर्षीय अतीत क्षेत्री, भरतपुर–११ का २४ वर्षीय सन्दीप बिक, नवलपुर दिपचुली–१६ का २३ वर्षीय सन्दीप परियार, गैँडाकोट –११ का २५ वर्षीय विवेक मल्ल ठकुरी (उर्फ दिप्सन), भरतपुर –१० का २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरान–१७ की २४ वर्षीया कविता राई रहेका छन् ।
उनीहरुलाई काठमाडौं–१४ स्थित कलंकीको मेन्स होटलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले उक्त होटेलको कोठा नम्बर ४ सय २ मा प्रवेश गरी ‘प्रहरी हुँ’ भन्दै पीडितलाई बोलेको खण्डमा ज्यान लिने धम्की दिएर डकैती गरेका थिए । उनीहरुले बैंक खाताबाट पैसा ट्रान्सफर गराउन बाध्य पार्नुका साथै नगद रकम समेत लुटपाट गर्ने गरेका थिए ।
पक्राउ गरी उनीहरुलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको प्रहरीले जनाएको छ ।
uqbOdZOsAhssowo
bAXFAEOkrBXHIbn
uqbOdZOsAhssowo
bAXFAEOkrBXHIbn