.

छुवाछुत मानवताविरुद्ध अपराध, सामाजिक न्यायका लागि १६ जिल्लामा प्रदर्शन

विराटनगर ,३१ असार । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ।

छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा सुर्खेत, चितवन, संखुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रूपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्कीमा गरी १६ जिल्लामा प्रदर्शन भएको हो।

प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर, दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर, जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर, हाम्रो आन्दोलनः सामाजिक न्यायका लागि, दण्डहीनता अन्त्य गर लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।

विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र कानुनी व्यवस्थाका बाबजुद छुवाछुत र जातीय भेदभावजस्ता मानवताविरुद्धको अपराधका घटनाहरू बारम्बार घटिरहनुको कारण त्यस्ता घटनामा संलग्न दोषीहरूलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त हुनु र दण्डहीनता रही आएको छ।

दलित अधिकार मानव अधिकार’ भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजले दण्डहीनताविरुद्ध अभियान जारी राख्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया