.

जंगली च्याउको तरकारी खाँदा आमाछोरा गम्भीर बिरामी

३० असार, विराटनगर ।दाङको बंगलाचुलीमा बनबाट ल्याएको च्याउको तरकारी खाँदा आमाछोरा बिरामी परेका छन् । बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका वडा नम्बर–१ स्यूजाकी ३८ वर्षीया यमाकुमारी कवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहेको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवरले बताउनुभयो । 

बिरामीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पताल ल्याइए पनि थप जोखिम हुने भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालले जनाएको छ । दुई जनाले शुक्रबार बिहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया