.

कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको मृत्यु

विराटनगर,२८ असार । विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको मृत्यु भएको छ ।

अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ । असार २४ गते बिहान पेटमा समस्या भएपछि राजवंशी कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरूले राजवंशीलाई ओपीडीको स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने कोठामा रेफर गरिदिएको थियो । गाइनोका चिकित्सकले राजवंशीको पेटमा घाउ देखेपछि सर्जरी वार्डमा पठाइदिएका थिए । सर्जरीका चिकित्सकलाई देखाउन नपाउँदै राजवंशीको ओपिडीको वार्डमा २४ असारमा दिउँसो मृत्यु भएको छ ।

राजवंशीलाई अस्पताल लिएर आएका छिमेकी देवन्तकुमार राजवंशीले उपचारमा ढिलासुस्ती भएको कारणले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । ‘सुरुमा हामीले आकस्मिक कक्षमा बिरामी लिएर आयौँ, त्यहाँ राम्रोसँग हेरेर विशेषज्ञ चिकित्सक बोलाएर उपचार सुरु गरेको भए बिरामीलाई बचाउन सकिन्थ्यो’ उनले भने, ‘तर, हस्पिटलका स्वास्थ्यकर्मीले एकपछि अर्काेलाई देखाउन लगाउँदा बिरामीले ज्यान गुमाउनुर्यो ।’ यसरी उपचारमा ढिलासुस्ती गर्ने स्वास्थ्यकर्मी र चिकित्सकलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।,

राजवंशीमा लामो समयदेखि पटेको समस्या रहेको थियो । उनको केही समय अगाडि पाठेघरको शल्यक्रिया गरिएको थियो । फेरि पाठेघरको समस्या बल्झिएपछि उनी अस्पताल आएकी थिइन् । थप उपचार गर्न नपाउँदै उनको निधन भएको छ ।

यसैगरि

कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले घटनाको विषयमा छानबिन समिति गठन गरेको बताए । 

घटनाको छानविन गर्न कोशी अस्पतालका पूर्व मेसु डा.यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्य समिति गठन भएको छ । राजवंशीको मृत्यु भएको घटनाको छानबिन गर्नको लागि अस्पतालले डा.खरेलको नेतृत्वमा समिति गठन गरेको हो ।

अहिले समितिले घटनको छानबिन सुरु गरेको डाक्टर खरेलले बताउनृ भएको छ । आकस्मिक कक्षका स्वास्थ्यकर्मीको तर्फबाट पनि कमजोरी भएको देखिएको उहाले बताउनृ भयो ।  आकस्मिक कक्षमा आएका बिरामीलाई अन्य वार्डमा पढाउनुपरे एक जना नर्स वा स्वास्थ्यकर्मीलाई सँगै राखेर बिरामीसँग पठाउन सुझाव पनि दिएको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया