.

दैलेखमा १७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजाय

विराटनगर ,२६ असार ।आफ्नै छोरीलाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले ५० वर्षका एक पुरुषलाई ३३ वर्षको कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा सोमवार हिजो यस्तो फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो।गएको चैत १ गते १७ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण समेत चैत २१ गते नै भएको थियो ।बलात्कार गरेको पुष्टि भएपछि हाडनाता करणीमा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजायमा ८ वर्ष समेत थपेर कसुरदारलाई ३३ वर्ष कैदको सजाय सुनाइएको अदालतको फैसलामा उल्लेख छ ।सोमवार हिजो भएको सजाय निर्धारण पेशीमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया