विराटनगर , १२ भदौ । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् ।भद्रपुर नगरपालिका– ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार वीरेन्द्र न्यौपानेले जानकारी दिए ।
उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घरनजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेका थिए । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन् । मन्दिरबाहिर खेल्दाखेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन् । बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए ।
बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बीरसमेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो ।
बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको पत्रकार न्यौपानेले बताए । ‘मन्दिर अगाडीको नालामा बालिका डुबेको र पानीले बगाउँदै ५०० मिटर परसम्म शव ल्याएको देखिन्छ,’ उनले भने । बालिकाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।को प्रहरी टोलीले सोमवार दुवैलाई पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतको गत जेठ २१ गतेको फैसला अनुसार चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा उनीहरुलाई जनही ३८ दिन कैद, रु।८ हजार जरिवाना र रु।३२०।– प्रतिवादीले पीडित राहतकोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो ।
दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?