.

झापामा डकैती गरी फरार दुई पक्राउ

विराटनगर , १२ भदौ  । झापामा चोरी डकैती गरी फरार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं। ११ घर भई हाल वडा नं। ७ करुणावस्ती बस्ने २४ वर्षिय भुन्टे भन्ने बुद्धबहादुर कार्की र सोही ठाउँका २९ वर्षिय शंकर राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार दुवैलाई पक्राउ गरेको हो ।


झापा जिल्ला अदालतको गत जेठ २१ गतेको फैसला अनुसार चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा उनीहरुलाई जनही ३८ दिन कैद, रु।८ हजार जरिवाना र रु।३२०।– प्रतिवादीले पीडित राहतकोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो ।

दुवैलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया