.

उदयपुरमा बलात्कार आरोपमा युवक पक्राउ

विराटनगर , १२ भदौ  । उदयपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । कटारी नगरपालिका–१, बेलसोतका २५ वर्षीय जयबहादुर खपांगीमगरलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।


गएको आइतबार राति मगरले ५८ वर्षीया महिलाको बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया