ड्यिुटी हिँडेका चिकित्सक यादवको टिपरको ठक्करबाट मृत्यु
१२ भदौ २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर , भदौ ।मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो। डा. यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी घाइते भए पछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए। घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन्। ।