.

धरानवासीलाई मेयर हर्क राईको अपिल– ‘सामाजिक र धार्मिक सद्भाव कायम राखौँ’

विराटनगर , ८ भदौ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गर्नुभएको छ ।


पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै मेयर राईले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबै जना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न उहाँले धरानवासीलाई अपिल गर्नुभएको हो ।


पछिल्लो समय धरानमा धार्मिक र सामाजिक विवाद बढ्दै गएको छ । हिजो बिहीवार पनि पाँच जना पूर्वमेयरहरूले विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया