.

झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगर र गाँजासहित ४ जना पक्राउ

कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ४ जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। झापाको अर्जुनधारा–८ का महमद सहवाज र अर्जुनधारा–७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको छ।

त्यसैगरी मोरङको सुन्दरहरैचा–९ बाट इलाका प्रहरी कार्यालय बिराटचोकको टोलीले ३७ किलो ३६ ग्राम गाँजासहित सुन्दरहरैचा–१० का योगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

उता सुनसरीको भोक्राहा नर्सिङ–८ मा प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको टोलीले भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४२ वर्षीय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ।

पक्राउ परेका चारै जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया